२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अञ्जनको ह्याट्रिकसँगै चर्च ब्वाइज शीर्षमा

काठमाडौँ — अञ्जन विष्टको ह्याट्रिकको मद्दतले चर्च ब्वाइजले सहिद स्मारक लिग ए डिभिजन ०७८–०८० मा शनिबार एनआरटीलाई ४–१ ले हराएको छ ।

यस जितसँगै चर्च ब्वाइज अंक तालिकको शीर्ष स्थानमा पनि उक्लेको छ । चर्च ब्वाइजको २७ अंक भएको छ र यो दोस्रोमा रहेको जावलाखेलमाथि तीन अंकको अग्रता हो ।

च्यासलमा भएको खेलमा अञ्जनले ८४ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । यसपल्टको लिगमा यो तेस्रो ह्याट्रिक मात्रै हो । नेपाली खेलाडीका तर्फबाट भने यो पहिलो ३ गोलको प्रदर्शन रहेको छ ।

अञ्जनले ५१ र ६० औं मिनेटमा आफ्नो सुरुका दुई गोल गरे । यसअघि सुशील लामाले ३९ औं मिनेटमा गोल गर्दै चर्च व्वाइजलाई सुरआती अग्रता दिलाएका थिए ।

दिपेश आलेमगरले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा एक गोल फर्काए । एनआरटी १७ अंकमै सीमित रह्यो । यता दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो र मनाङ मर्स्याङदीले निराशाजनक गोलरहित बराबरी खेले । यो नतिजापछि सातदोबाटोको २३ अंक भयो भने मनाङले १९ अंक छोएको छ ।

प्रकाशित : वैशाख २३, २०८० १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x