कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मीको जित, पुलिसलाई पहिलो अंक

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा पुलिसले शनिबार पहिलो अंक बटुलेको छ । अर्को खेलमा आर्मी अन्तिम समयको गोलको मद्दतले पुनर्आगमन जित निकाल्न सफल रह्यो । दशरथ रंगशालामा भएको खेलमा पुलिसले एनआरटीसँग १–१ को बराबरी खेलेको हो ।

पाँचौं खेलमा आएर पुलिस १ अंक बटुल्न सफल भएको हो । तर पुलिस अझै पनि लिग तालिकको अन्तिम स्थानमा छ र रेलिगेसनको चर्को दबाबमा गुज्रिरहेको छ । एनआरटी आफै पनि खराब लयमा छ र उसको २ अंक भएको छ ।

एनआरटीले सञ्जीव विष्टको गोलले अग्रता लिएको थियो । त्यसयता पुलिसका लागि प्रताप गुरुङले बराबरी गोल गरे । एनआरटी पुलिसको ठीक अगाडि १३ औं स्थानमा छ । च्यासलमा भएको खेलमा भने आर्मीले फ्रेन्ड्सलाई २–१ ले हराएको हो ।

दीपक गुरुङले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेका हुन् । त्यस अगाडि फ्रेन्ड्सले छैटौं मिनेटमा रफिक अमिनुको गोलले अग्रता लिएको थियो ।

जिलेप्सी जंग कार्कीले २४ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । यो जितपछि आर्मीको ८ अंक भएको छ । फ्रेन्ड्स भने ४ अंकमै सीमित रह्यो ।

प्रकाशित : चैत्र ४, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?