कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोस्रो जितसँगै खुमलटार चौथोमा

कान्तिपुर संवाददाता

काठमाडौँ — 'सहिद स्मारक लिग ए डिभिजन ०७९–०८०' अन्तर्गत खुमलटारले हिमालयन शेर्पालाई सोमबार भएको खेलमा २–१ ले हराएको छ । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एक/एक गोल गरे ।

दोस्रो जितसँगै खुमलटार चौथोमा

मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५ औं मिनेटमा अर्को गोल थपे ।

यस्तै हिमालयनका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए । यो गोल ८० औं मिनेटमा सम्भव भएको थियो । यो जितपछि माथिल्लो डिभिजनमा डेब्यु गरिरहेको खुमलटारको चार खेलबाट ६ अंक भएको छ र चौथो स्थानमा उक्लिन सफल रह्यो । हिमालयन शेर्पा भने चार अंकमै सीमित रह्यो र दसौं स्थानमा झरेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?