कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जैसीदेवलका रोशनलाई स्वर्ण

काठमाडौँ — आयोजक जैसीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् ।

जैसीदेवलका रोशनलाई स्वर्ण

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५–२८ केजी फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई हराए । भक्तपुरका सोबराज तामाङ र नागार्जुन नगरपालिकाका युवराज फुयाल तेस्रो भए ।

महिला २३–२६ केजीमा भक्तपुरकी जेनी जोशी पहिलो भइन् । जेनीले फाइनलमा बाह्रबिसे नगरपालिकाकी इभाना श्रेष्ठलाई हराइन् । गोदावरी नगरपालिकाकी सन्दना घिमिरे र आयोजक ‘ए’ की सुप्रिया जोशी तेस्रो बने । पुरुष ३१–३४ केजीमा काठमाडौं महानगरका रोहन भुजेलले फाइनलमा तार्केश्वर नगरपालिकाका रोजन घलेलाई हराएर स्वर्ण जिते । मध्यपुर नगरपालिकाका सुमन मोक्तान र बाह्रबिसेका मनीष थापाले कांस्य हात पारे ।

पुरुष एकल पुम्सेमा गोदावरीका नीरब महर्जन पहिलो, महालक्ष्मी नगरपालिकाका आयुश मोटे दोस्रो तथा नीलकण्ठ नगरपालिकाका समिर तामाङ र ललितपुर महानगरका विलवराज क्षेत्री तेस्रो भए । उक्त स्पर्धाको महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा पहिलो, गोदावरीकी सरगम थापा दोस्रो तथा तार्केश्वरकी कुन्जिता गुरुङ र नीलकण्ठकी सुवानी तामाङ तेस्रो भए ।

प्रतियोगितामा विभिन्न २० स्पर्धामा ३ सय खेलाडीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् । प्रतियोगिता शनिबार सकिनेछ ।

प्रकाशित : माघ १३, २०७९ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?