कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभटरनलाई हराएपछि वेस्ट ह्यामलाई राहत

एपी

लन्डन — इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले शनिबार एभरटनलाई २–० ले हराएको छ । यो जितपछि वेस्ट ह्यामले राहत महसुस गरेको छ । खेलका दुवै गोल जरोड बोवेनले पहिलो हाफमा गरे ।

एभटरनलाई हराएपछि वेस्ट ह्यामलाई राहत

तीन महिनायता वेस्ट ह्यामको यो पहिलो जित हो र यसले व्यवस्थापक डेविड मोयसको भविष्य केही हदसम्म सुरक्षित भएको छ । हारले एभरटनका व्यवस्थापक फ्रायन्क लाम्पार्ड भने दबाबमा परे र उनी कुनै पनि बेला बर्खास्तीमा पर्न सक्नेछन् ।

यो जितपछि वेस्ट ह्यामको १८ अंक भएको छ र १५ औं स्थानमा उक्लेको छ । एभरटन भने १५ अंकमा १९ औं स्थानमा रह्यो । शनिबारका अन्य खेलमा एस्टन भिल्लाले पुछारमा रहेको साउथह्याम्पटनलाई १–० ले हरायो ।

यस्तै, क्रिस्टल प्यालेस र न्युकासलले गोरहित बराबरी खेले भने लेस्टर र ब्राइटनबीच २–२, बर्नमाउथ र नटिङघम फरेस्टबीच १–१ तथा लिभरपुल र चेल्सीबीच गोलरहित खेल भएको थियो ।

प्रकाशित : माघ ८, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?