कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अग्निदहन’ को फस्टलुक

फिल्म
कान्तिपुर संवाददाता

काठमाडौं — फिल्म ‘अग्निदहन’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । बुधबार राजधानीको क्युज सिनेमा हलमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले फिल्मको टिजर र पोस्टर सार्वजनिक गरेको हो ।

‘अग्निदहन’ को फस्टलुक

‘नेपाली समाजमा विद्यमान रहेको बोक्सी प्रथालाई पूर्ण रूपले निर्मुल गर्ने उद्देश्यले फिल्म बनेको’ फिल्मका प्रस्तुतकर्ता कोवितशरण उपाध्यायले बताए । बोक्सीको आरोपमा निर्दोष महिलाहरूलाई विभिन्न रूपमा सजाय दिइने जिल्लाहरूमा फिल्म प्रदर्शन गरी यस्तो नगर्न जनचेतना फैलाउने पनि उनले सुनाए । 
‘धौली’ जस्तो सन्देशमूलक फिल्म निर्देशन गरिसकेका निर्देशक घनश्याम लामिछानेले ‘अग्निदहन’ को पनि निर्देशन गरेका हुन् । फिल्मको कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोवितशरणकै रहेको छ । नितान्त सामाजिक कथावस्तुमा निर्माण गरिएको फिल्मले समाजमा व्याप्त बोक्सी प्रथा उन्मूलनमा सहयोग गर्ने निर्माण पक्षको दाबी गरेको छ । फिल्ममा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माउत्से गुरुड, तुलसा क्षत्री, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।

 

प्रकाशित : कार्तिक २३, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?