कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुकबाट ठग्ने पक्राउ

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — बेलायतमा बसोबास गरिरहेको झुटो विवरणसहित फेसबुक एकाउन्टमार्फत पैसा ठगेको आरोपमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ ।

भारत उत्तरप्रदेशको गोरखपुर घर भई डिल्लीबजार बस्दै आएका ५६ वर्षीय प्रदीपकुमार अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले नक्कली फेसबुक एकाउन्टमार्फत नेपालीहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र उपहार पठाएको भन्दै ठगी गर्थे । मनी ट्रान्सफर र हुन्डीमार्फत उपहार पाउन राजस्व तिर्नुपर्ने बताउँदै रकम असुलीमा संलग्न पवन न्यौपाने र प्रदीप सुब्बा यसअघि नै पक्राउ परिसकेका छन् ।

 

प्रकाशित : कार्तिक १३, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?