भरुवा बन्दुकसहित एक जना पक्राउ

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिका-७ पासादेउमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पासादेउ बस्ने ५८ वर्षीय केशरसिंह धामी एकनाले भरूवा बन्दुकसहित सोमबार साँझ पक्राउ परेका हुन् ।

उनी एक थान भरुवा बन्दुकसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार प्रहरीले विशेष सूचनाको आधारमा धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाएको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरिएको हो ।

धामीलाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

हेलिकोप्टरबाट सुत्केरी र शिशुको उद्धार

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिका ६ उकुकी सुत्केरी महिला र शिशुको हेलिकोप्टरबाट उद्धार गरिएको छ । २७ वर्षीया पुष्पा महराको थप उपचारका लागि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले शिशु जन्माएकी थिइन् । सात महिनामै जन्मिएको उक्त शिशुको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो ।

जिल्ला अस्पतालमा पनि बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार भएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १३:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×