हिमपहिरोमा परेका तीनै जना मृत भेटिए 

वसन्तप्रताप सिंह

बझाङ — सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ ।

हिमपहिरोमा पुरिएका सुर्मा गाउँपालिका ३, काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहरा, जयपृथ्वी ननगरपालिका ११, मयानाकी १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो ११ बजेतिर आएको हिमपहिरोमा उनीहरू पुरिएका थिए । हिमपहिरोमा परेर रामकोइलाका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी ननगरपालिका ११, मयानाका १४ वर्षीय आकाश धामी घाइते भएका थिए । उनीहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

सदरमुकामबाट गएको प्रहरीको टोली र स्थानीयले यार्चा संकलन क्षेत्रबाट शवहरू सदरमुकाम ल्याइसकेको र जिल्ला अस्पतालमा पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेश अवस्थीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ९, २०८० १०:३१
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा ३ दिनदेखि हराइरहेका वृद्ध मृत फेला

माधव अर्याल

पाल्पा — तीन दिनदेखि बेपत्ता भएका ज्येष्ठ नागरिक तीन दिनपछि भीरमा मृत अवस्थामा फेला परेका छन् । तिनाउ गाउँपालिका–६, मस्यामका ६५ वर्षीय सहवीर नेपालीको खोजतलास गर्ने क्रममा तिनाउ गाउँपालिका–५, हिउँदेखोला नजिकै भीरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

उनी शनिबारदेखि घरबाट बेपत्ता भएका थिए । सहविर केही समयदेखि हिउँदेखोलास्थित सहोदर दाजुको घरमा बस्दै आएको र शनिबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी गर्ने क्रममा घर नजिकैको भीरमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

घटनाको सम्बन्धमा दोभान प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×