कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्यासमा पुरूष मृत फेला

मनोज बडू

दार्चुला — ब्यास गाउँपालिका–६ बडूगाउँस्थित नेपाल–भारत जोड्ने पुल नजिक महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

बिहीबार बिहान १० बजेतिर बडुगाउँको पुल छेउमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शवको पहिचान भने हुन सकेको छैन । उक्त शव महाकाली नदीमा बगेर आएको हुन सक्ने आशंका गरिएको छ । अहिले शव फेला परेको ठाउँमा इलाका प्रहरी कार्यालय हुतिबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र १६, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?