कैलालीमा अनुगमन टोलीद्वारा दुई फार्मेसी सिल

अर्जुन शाह

धनगढी — कैलालीमा दुई वटा फार्मेसी सिल गरिएको छ । सामाजिक विकास मन्त्रालय, औषधि व्यवस्था विभाग नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय कैलालीको संयुक्त अनुगमन टोलीले अत्तरियास्थित सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसी र नेहा फार्मेसी सिल गरेको हो । 

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काका अनुसार अनुगमन टोलीले धगगढी र अत्तरियाका ८ वटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो । त्यस क्रममा नेहा र सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसीमा म्याद गुज्रेका औषधि रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखीकरण नगरेका लगायतका कमजोरी भेटिएको खड्काले बताए ।


प्रकाशित : चैत्र ११, २०७९ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्

एलडीबीए बास्केटबल आइतबारदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर जिल्ला बास्केटबल संघ (एलडीबीए) को आयोजनामा एलडीबीए थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिता आइतबार सुरु हुने भएको छ ।

प्रतियोगितामा २४ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष शरद विष्टले जनाएका छन् । प्रतिस्पर्धी टिमलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । प्रत्येक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।

सहभागी टिममा आर्मी र टाइम्सका ३–३ टिम, गोल्डेनगेट, कीर्तिपुर, अक्सब्रिज र नखिपोट युथ क्लबका २–२ टिम, विशाल मिलन केन्द्र (बीएमके), पीवाईसी, केसीएम, फेमिली, अन्डरडग्स, विराटनगर, धरान, शंकरदेव, भनीमण्डल र माम्बा छन् ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने दुईदिने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमिकभर्डहलमा हुनेछ । प्लाटिनम, एलओडी, त्रिसरा, तामारिन्ड, द वर्कसप इटेरी, युनियन, डीएभी, ८८४८ बेसक्याम्प, काठमान्डोग र ब्रान्डहाउसले सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७९ २१:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×