सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्तिका सांसद अनुपस्थित - सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्तिका सांसद अनुपस्थित 

अर्जुन शाह

धनगढी — मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बिहीबारको सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहेका छन् । विश्वासको मत प्राप्त गर्न नागरिक उन्मुक्तिको भर गरेको एमाले नेतृत्वको प्रदेश सरकारलाई नागरिक उन्मुक्तिका सांसदहरुको अनुपस्थिततिका कारण विश्वासको मत नपाउने अवस्थामा पुगेको छ । 

विश्वासको मत जुटाउन अन्तिम समयसीमासम्म कसरत गरेका रावल र उनको पार्टी एमालेले नागरिक उन्मुक्ति पार्टीलाई मनाउन सकेनन् । नाउपाले पार्टीका संरक्षक रेशम चौधरीको रिहाइलाई बटमलाइन बनायो र त्यस मागमा टसमस नभएर विश्वासको मत नदिने निर्णय गर्‍यो । पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफ्ना सांसद तटस्थ बस्ने बताएकी थिइन् । अहिले मुख्यमन्त्री रावल प्रदेशसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् ।

एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री रावलसँगै माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा बिनाविभागीय मन्त्री नियुक्त भएका थिए ।

प्रकाशित : माघ २६, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

निर्माणाधीन शीतभण्डार ३ वर्षदेखि अलपत्र

टीकाप्रसाद भट्ट

रामेछाप‍ — जिल्लामा उत्पादित फलफूल तथा तरकारी राख्न सदरमुकाम मन्थलीमा निर्माण थालिएको शीतभण्डार ३ वर्षदेखि अलपत्र छ । वाग्मती प्रदेश सरकार र मन्थली नगरपालिकाको संयुक्त प्रयासमा उक्त शीत भण्डारको निर्माण थालिएको थियो । 

द्विपक्षीय सम्झौताबमोजिम प्रदेश सरकारले ७० र मन्थली नगरपालिकाले ३० प्रतिशत लगानी साझेदारी गर्ने गरी निर्माण थालिएको उक्त शीतभण्डार तीन वर्षदेखि अलपत्र परेको हो ।

शीतभण्डारको भवन निर्माण कार्य करिब पूरा भएको अवस्था भए पनि विद्युतीय उपकरणलगायतको काम बाँकी छ । करिब ७ करोड रुपैयाँको लगानीमा निर्माण हुने उक्त शीतभण्डारमा अब बिजुली जोड्ने उपकरण, कम्पाउन्ड वाललगायतका पूर्वाधार निर्माण बाँकी रहेका छन् ।

निर्माणाधीन अवस्थामा नै थप लगानीका सम्बन्धमा दुई पक्षबीच कुरा नमिल्दा शीतभण्डारको काम पूरा गरी सञ्चालनमा ल्याउन अझ अन्योलता थपिएको छ । ‘अब करिब ३५ लाख रुपैयाँ खर्च हुने अवस्था छ‚’ मन्थली नगरपालिकाका इन्जिनियर डिल्लीबहादुर अधिकारी भन्छन्‚ ‘उक्त लगानीमा पनि प्रदेशको ७० प्रतिशत लगानी सुनिश्चित नभई काम अघि बढाउन सकिँदैन । प्रदेशले ७० प्रतिशत लगानी गर्ने कुरा भएमा नगरपालिकाले ३० प्रतिशत लगानी साझेदारी गर्न नगरपालिका तयार रहेको उनले बताए । शीतभण्डारको बाँकी काम पूरा गरी सञ्चालनमा ल्याउनका लागि पूर्वनगर प्रमुख रमेशकुमार बस्नेतले पटक-पटक प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा अनुरोध गरेका थिए । तर सुरुका वर्षपछि बजेट नराख्दा निर्माण कार्य सकेर किसानका उत्पादन राख्न नपाई एक वर्षअघि नै उनले बिदाइ लिएका थिए । हालका नगर प्रमुख लव श्रेष्ठले समेत शीतभण्डारको काम पूरा गर्नेतर्फ चासो राख्दै आएका छन् । तर प्रदेशले भने बजेट समावेश गरेको छैन ।

सरकारका दुई निकायको लगानीको प्रक्रिया अस्पष्ट हुँदा स्थानीयले भने शीतभण्डारको निर्माण गरेको काम पनि नष्ट हुने अवस्थामा पुग्न थालेको बताएका छन् । रामेछाप जिल्लामा अहिलेसम्म शीतभण्डार छैन ।

उत्पादित तरकारी र फलफूल अफसिजनसम्म शीतभण्डारमा राखेर बजार पठाउँदा किसानले उत्पादन गरेका कृषि उपजको मूल्य अभिवृद्धि हुने उद्देश्यले शीतभण्डारको निर्माण थालिएको थियो ।

प्रकाशित : माघ २६, २०७९ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×