कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले एमाले नेतृत्वको सरकार गठनमा समर्थन गर्ने

अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले निर्णय नगर्दासम्म सरकार गठनका लागि कायम रहेको अन्योल हटेको छ । नागरिक उन्मुक्तिले एमाले नेतृत्वको सरकार गठनमा सघाउने भएको छ ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले एमाले नेतृत्वको सरकार गठनमा समर्थन गर्ने

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले गठबन्धन अन्तर्गतको दल एमालेलाई सरकार गठनमा समर्थन गर्ने निर्णय भएको बताए । उनले भने, ‘सरकारमा सहभागिताबारे अझै टुंगो लागिसकेको छैन । तर सरकार गठनमाचैं एमालेलाई समर्थन गर्ने कुरा छ ।’

नागरिक उन्मुक्तिले समर्थन गर्ने भएपछि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा सरकार गठन हुने भएको हो । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको अन्तिम समयसीमा बुधबार अपराह्न ५ बजेसम्म हो । माओवादी केन्द्र र एमाले शीर्ष तहमा सुदूरपश्चिम आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने र पहिलो कार्यकाल एमालेले नेतृत्व गर्ने समझदारी भए अनुसार यस प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्न लागेको हो ।

निर्धारित समयभित्रै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका सांसदहरुको समर्थनमा सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश्सभामा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । माओवादी केन्द्रको ११, एमाले १०, नागरिक उन्मुक्तिको ७ र राप्रपाका एक गरी २९ सांसदको समर्थन रावललाई प्राप्त हुन लागेको हो ।

प्रकाशित : पुस २६, २०७९ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?