कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

वनमा आगलागी हुँदा बाबुछोरी जलेर घाइते

कालिकोट — खाँडाचक्र नगरपालिका- ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाबुछोरी जलेर घाइते भएका छन् । शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन गएका खाँडाचक्र-५ ढाड गाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख पोषण थापाले बताए।

वनमा आगलागी हुँदा बाबुछोरी जलेर घाइते

सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु वनमा लागेको आगो निभाउन लाग्दा जलेर घाइते भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए। उनीहरूका बाख्रा पनि जलेका छन् । आगोले जलेर ३० मध्ये १८ बाख्रा मरेको स्थानीय सदानन्द तिमिल्सिनाले बताए।आफ्नो बाख्रा जले–नजलेको हेर्दै आगो निभाउने क्रममा उनीहरुलाई आगोले पोलेको थियो।

शरीर जलेर घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको र यहाँ उपचार हुन नसक्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको जिल्ला अस्पताल प्रमुख डा. संकेत विश्वकर्माले बताए। उनकाअनुसार घाइतेको ६० प्रतिशत शरीर जलेको छ ।

बिहीबारदेखि यहाँको खाडाचक्र-२ थामकोटको बल्ले काँध वनमा लागेको आगो पनि अझै नियन्त्रण हुन सकेको छैन । भिर भएकाले आगो निभाउन जान नसकिएको स्थानीय देवीचन्द्र पाण्डेले बताए।

प्रकाशित : चैत्र ३, २०८० ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?