१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

महासमिति बैठकका लागि हुम्ला कांग्रेसबाट ७ बुँदे सुझाव

जनकबहादुर शाही

हुम्ला — नेपाली कांग्रेस कार्यसम्पादन समिति हुम्लाको बैठकले महासमिति बैठकका लागि ७ बुँदे सुझाव दिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय सिमकोटमा बसेको समिति बैठकले पार्टी सरकारमा रहेको अवस्थामा र अन्य अवस्थामा देशमा रहेका गम्भीर समस्या र जनताका जल्दाबल्दा समस्या समाधान गर्दै पार्टीलाई अझ मजबुत र बलियो बनाउन ७ बुँदे सुझाव दिने निर्णय गरेको कांग्रेस हुम्लाका कार्यवाहक सभापति कैलाश भण्डारीले बताए ।

महासमिति बैठकका लागि हुम्ला कांग्रेसबाट ७ बुँदे सुझाव

उनका अनुसार नीति अधिवेशनसमेत गर्ने गरी कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा संचालन हुने महासमिति बैठकमा कामका आधारमा पार्टीमा योगदान र कामका आधारमा मूल्यांकन प्रणालीको व्यवस्था गर्न जरुरी रहेको, सरकारको प्रमुख हिस्सेदार रहेकाले समग्र मुलुकको विकास र सुशासन प्रभावकारी रुपमा हुनु पर्ने, महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएर जाने केन्द्रीय पदाधिकारीदेखि सबै तहका नेता वडा अधिवेशनबाट निर्वाचित भएर जानु पर्ने, अनुशासन र कारबाही पारदर्शी, न्यायिक र कडा रुपले हुनुपर्नेजस्ता सुझाव छन् ।

जिल्लाबाट महासमिति बैठकलाई सुझाव दिने नेपाली कांग्रेस हुम्लाको पहिलो प्रयास हो । बैठकमा उपसभापति बसन्त रोकाया, सचिव कृष्ण बोहोरा, कोषाध्यक्ष बबिता शाही, कार्यसम्पादन समितिका सदस्य नवराज भण्डारी, काले सिंह, देवजंग बोहरा, प्रेमबहादुर लामा, अदान भण्डारी, अजबहादुर शाही, उटुप ग्याल्जन लामा, लोक्ते कामीलगायतका नेताहरु सहभागि थिए ।

प्रकाशित : फाल्गुन २, २०८० २२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?