कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

भीरबाट लडेर बालिकाको मृत्यु

तुलाराम पाण्डे

कालीकोट — बाख्रा चराउन गएकी एक बालिकाको भीरबाट लडेर खोलामा खसेपछि मृत्यु भएको छ । नरहरिनाथ–३ कुमालगाउँ भराताकी १३ वर्षीया करिष्मा विष्टको गाउँदेखि तल भेरा खोला भीरको किनाराबाट चिप्लिएर खोलामा खसेपछि बुधबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए ।

शवको पोस्टमार्टमका लागि सदरमुकाम मान्मबाट प्रहरी टोली घटनास्थल गएको छ । स्थानीय जनता आधारभूत विद्यालयमा ७ कक्षामा पढ्ने बालिकाको मृत्यु भएपछि विद्यालय बन्द गरिउको शिक्षक सावित्री भट्टराईले बताइन् ।

उनी जोखिममा रहेकी बालिका हुन् । कालीकोटमा भीरबाट लडेर बर्सेनि ३०–४० जनाले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित : भाद्र २७, २०८० १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?