कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागीबाट जलेर घाइते भएका ४ जनालाई भारत लगियो

विप्लव महर्जन

सल्यान — जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलास्थित शंकर रानाको तीन कोठाको टिनले छाएको एकतले घरमा रहेको किराना पसलमा लागेको आगलागीबाट सख्त घाइते भएका ४ जनालाई मेडिकल कलेज कोहलपुर बाँकेबाट थप उपचारका लागि लख्नऊ लगिएको छ । 

घाइते भएका १८ वर्षीय क्षेत्रमणि रानाबाहेक घरधनी २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई मेडिकल कलेज कोहलपुरले रेफर गरेपछि थप उपचारका लागि लख्नऊ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । रेफर गरिएकाको अवस्था जटिल रहेको उनले जानकारी गराए । उनका अनुसार क्षेत्रमणि रानाको अवस्था सामान्य रहेको छ । अस्पतालले उनलाई घर फर्काएको छ ।

गएराति साढे ८ बजे पसलमा बसिरहेका बेला एक्कासी आगलागी हुँदा जलेर कुमाख गाउँपालिका ४ भण्डारखोलाका उनीहरू घाइते भएका थिए । घाइते सबैलाई मिसन अस्पताल चौरजहारीमा सामान्य उपचारपछि आफन्तले थप उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेका थिए ।

प्रकाशित : चैत्र ७, २०७९ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?