कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पडरीका अग्नीपीडितलाई लत्ताकपडा र खाद्यान्न 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ६ पडरी गाउँका अग्नीपीडितलाई स्थानीय तह र विभिन्न संघसंस्थाले राहत सामग्री वितरण गरेका छन् । 

पडरीका अग्नीपीडितलाई लत्ताकपडा र खाद्यान्न 

वैशाख ७ गते पडरी गाउँमा आगलागी हुँदा ११ वटा घर जलेर नष्ट भएको थियो । अन्नपात र लत्ताकपडासमेत जल्दा पीडित छिमेकीको घरमा शरण माग्नुपर्ने अवस्था छ । गाउँपालिकाले तत्कालका लागि छाक टार्न खाद्यान्न सामग्री उपलब्ध गराएको थियो भने अहिले रेडक्रस र विभिन्न संघसंस्थाले कपडा, बिछ्याउन र खाध्यान्न सहयोग गरेका छन् ।

खाद्य सामग्रीसहित पीडितहरुलाई आवश्यक त्रिपाल, कम्मल, झुल, लत्ताकपडा, भाडाकुँडा उपलब्ध गराएको जिल्ला रेडक्रस शाखा परासीका सभापति राजेन्द्र अग्रहरीले बताए । आगलागीको कारण लत्ताकपडा र अन्न पनि नष्ट भएपछि पीडित परिवारको बिचल्ली भएको छ । गाउँपालिका, रेडक्रस, युवा संघ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पनि पीडितलाई राहत सामग्री उपलब्ध गराएका छन् ।

जिल्लामा आगलागीका घटना बढेका छन् । एक हप्तामा मात्र जिल्लामा १६ वटा कच्ची घर जलेर नष्ट भएको छ । पीडितले भने खाद्यान्न र लत्ताकपडासँगै बस्नका लागि घर बनाउन आवश्यक सहयोगको माग गरेका छन् ।

प्रकाशित : वैशाख ९, २०८१ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?