कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा भेटिए दम्पती 

रुपा गहतराज

नेपालगञ्ज — बाँकेको खजुरामा आफ्नै घरमा एक दम्पती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । गम्भीर घाइते दुवै जनाको अहिले उपचार भइरहेको छ ।

सोमबार आफ्नै घरको कोठामा घाँटी रेटिएको अवस्थामा भेटिएका खजुरा गाउँपालिका-६ डिगाउँका ती दम्पतीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइएको छ ।

प्रहरीका अनुसार अन्दाजी २५/२६ वर्षीय श्रीमान् महेन्द्र रावत र उनकी श्रीमती अन्दाजी २३ वर्षीया रितासिंह ठकुरी धारिलो हतियारले घाँटी रेटेको अवस्थामा भेटिएका थिए । दुवै जना बेहोस् रहेका कारण घटनाका बारेमा थप खुल्न बाँकी रहेको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको टोलीले उद्धार गरी उपचारका लागि भेरी अस्पताल पुर्‍याएको थियो । अहिले उनीहरुलाई नेपालगन्ज मेडिकल कलेज लगिएको छ ।

बाँकेका डिएसपी नारायण डाँगीले भने, 'बन्द कोठामा भएका दम्पतीकोबीचमा कसरी यो घटना भयो? अनुसन्धान गर्दैछौँ । दुवै जना गम्भीर अवस्थामा रहेका कारण घटना कसरी भएको हो भनेर खुलिसकेको छैन ।'

प्रकाशित : चैत्र १९, २०८० १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?