कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

बलात्कारपछि भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ

माधव अर्याल

पाल्पा — जबर्जस्ती करणी गरी अश्लिल भिडियो बनाएर धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन् । गत साउन ५ गते तानसेनस्थित एक होटलमा महिलालाई जबर्जस्ती करणी गरेपछि भिडियो बनाएर धम्की दिएको आरोपमा प्रहरीले २४ वर्षीय आशीष सुनारलाई पक्राउ गरेको हो ।

सुनारले भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटकपटक करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।इलाका प्रहरी कार्यालय वुटवलको समन्वयमा सुनारलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ बस्ने सुनार रुपन्देहीकै २५ वर्षीया महिलालाई भिडियो सार्वजनिक गर्ने धम्की दिँदै पटक पटक जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ परेका हुन् ।

सुनारले अश्लिल भिडियो सार्वजनिक गर्ने र सामाजिक सञ्जालमा भाइरल बनाउने धम्की दिएपछि पीडित युवतीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

पीडित युवतीको उजुरीका आधारमा प्रहरीले ती युवकलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १२, २०८० १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?