कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

माछा मार्ने जालमा फस्दा कालीगण्डकीमा डुबेर एक जनाको मृत्यु 

माधव अर्याल

पाल्पा — माछा मार्ने जालमा फसेर डुब्दा पाल्पाको फोक्सिङकोटमा एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाँडेमगरको कालीगण्डकी नदीमा माछा माछा मार्न प्रयोग गरिने जालमा फसी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाँडेमगर घरदेखि एक किलोमिटर टाढाको नदीमा गएका बेला डुबेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।

प्रहरी चौकी हुँगी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटिएर प्रारम्भिक अनुसन्धान गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ६, २०८० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?