कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधसहित दाङमा पाँच युवक पक्राउ

दुर्गालाल केसी

दाङ — ब्राउनसुगरसहित बुधबार बेलुका दाङमा पाँच जना युवक पक्राउ परेका छन् । गढवा गाउँपालिका ४ स्थित दुखीराम चौधरीको खाली घरमा बसेर लागूऔषध सेवन गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषधसहित दाङमा पाँच युवक पक्राउ

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा १० ग्राम ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ का १९ वर्षीय त्रिशक्ती बर्तौला, गढवा–४ का ३५ वर्षीय सद्धाम मनिहार, २४ वर्षीय अनिल पहाडी, २७ वर्षीय प्रदिप चौधरी र २५ वर्षीय मनोज चौधरी छन् ।

उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

प्रकाशित : चैत्र ८, २०७९ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?