पाल्ही बहुमुखीमा जनमत विद्यार्थी संघका कुर्मी विजयी


परासी — पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पस रामग्राममा जनमत विद्यार्थी संघको प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतगणनामा स्ववियु सभापतिमा जनमत विद्यार्थी संघका वृजनन्दन कुर्मी सहितको प्यानल विजयी भएको हो ।

विजयी कुर्मीले १ सय २८ मत प्राप्त गर्दा अनेरास्ववियु सहितको संयुक्त प्यानलका कृष्ण पटेलले १ सय मत प्राप्त गरे । नेविसंघका सभापतिका उम्मेदवार सुनिलकुमार गौडले ९८ मत प्राप्त गरेका छन् । सचिवमा जनमतका प्रेम सागर यादव, कोषाध्यक्षमा जनमतकै सितुकुमारी पटेल विजयी भइन् ।
सदस्यहरुमा पनि जनमत विद्यार्थी संघका उम्मेदवार विजयी भएको निर्वाचन संयोजक सूर्यनाथ दास पटेलले बताए । समानुपातिकतर्फ जनमतले सबैभन्दा धेरै १ सय ४७ मत पाएको छ । नेविसंघले १ सय २ मत पाउँदा अनेरास्ववियु सहितको संयुक्त प्यानलले ७९ मत प्राप्त गरेको छ । पाल्ही क्याम्पसमा कुल ३ सय २९ मत खसेको थियो ।
जिल्लाको जनज्योति क्याम्पस बर्दघाट र त्रिभुवन क्याम्पस बेलटारीमा मतगणना जारी छ ।
प्रकाशित : चैत्र ५, २०७९ १९:५४