पाल्पामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु- लुम्बिनी - कान्तिपुर समाचार

पाल्पामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, चौविसमाइल मस्याममा शनिबार भएको सवारी दुर्घटनामा ३७ वर्षीय विनय चौधरीको मृत्यु भएको छ ।

पाल्पाबाट बुुटवलतर्फ जाँदै गरेको लुु २९ प ३२९७ नम्बरको मोटरसाइकलका चालक भारत घर भई हाल स्याङ्जाको वालिङ नगरपालिका–८, बस्ने चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार सोही दिशाबाट गुडेको ग २ ख ८४३ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि घाइते भएका चौधरीको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्युु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुुसन्धान गरिरहेको छ ।

प्रकाशित : माघ २१, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्

'राज्यले बर्दियालाई चिन्न सकेन'

कान्तिपुर संवाददाता

काठमाडौँ — राज्यले बर्दियालाई चिन्न नसकेको होटेल संघ नेपाल बर्दियाका अध्यक्ष मोहन चौधरीले बताएका छन्। शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको लुम्बिनीको सामर्थ्य बहसको 'पर्यटनको उडान' विषयक सत्रमा बोल्दै चौधरीले अन्तर्राष्ट्रिय क्षेत्रले बर्दियालाई चिन्दा पनि देशले चिन्न नसकेको बताएका हुन् ।

‘अन्तर्राष्ट्रिय क्षेत्रले चिनेको र देशले बिर्सिएको ठाउँ बर्दिया हो । म बदिएयाको परिचय यसरी दिन चाहन्छु,’ उनले भने, ‘बाघ हेर्नलाई संसारको उच्चतम गन्तव्य हो भनेर संसारका राम्रा टुरिजम जर्नलहरूले सम्मान दिइरहेका छन् । बाघको संख्या बढाएकोमा अन्तर्राष्ट्रिय सम्मान छ । पर्यटन गन्तव्य बन्यो भनेर अन्तर्राष्ट्रिय सम्मान छ । तर राज्यको कुनै पनि अंगमा देख्नुस् यो सम्मानको कुनै फोटो देख्नुहुन्न।’

कोभिडमा बर्दियाले थेगेको र हाल इकोनोमी क्रन्च भइरहेको अवस्थामा जेनतेन थेग्ने कोसिस गरिरहेको चौधरीले बताए । कोभिड पछाडि जेनतेन आन्तरिक पर्यटकले बर्दिया रिभाइब हुन खोजेको र त्यसमा नेपाल राष्ट्र बैंकले पनि केही राहत दिएको उनले बताए।

‘हालको जसरी अर्थतन्त्र संकुचित भएको छ त्यसले बर्दियाका अधिकांश होटेलहरू ताल चाबी कसैलाई बुझाउनु पर्छ की या आत्मदाह गर्न पर्छ की भन्ने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘म यसो किन भन्दैछु भने विदेशी पर्यटक नआएपनि आन्तरिक पर्यटकहरूको एक किसिमको घुइँचो लाग्ने गरेको थियो बर्दियामा । तर अहिले हेर्नुहोस् निकुञ्जको गेटमा एउटा गाडी भित्र छिर्दैन । कुनै क्रियाकलाप हुँदैन । किनकी मान्छे आउँदैन मान्छेसँग पैसा छैन । यो अवस्थाबाट बर्दिया गुज्रिरहेको छ । तर बर्दियाको सम्पदाको विषयमा कुरा गर्नुहुन्छ भने देशको लामो नदी बगिरहेको छ। प्राकृतिक विविधता छ । ऐतिहासिकता छ । यी सबैको खानी हुँदाहुँदै पनि बर्दिया पछि परेको छ ।'

प्रकाशित : माघ २१, २०७९ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×