राष्ट्रिय सभा उपनिर्वाचन : एमाले, कांग्रेस र उन्मुक्तिले दिए उम्मेदवारी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा उपनिर्वाचन : एमाले, कांग्रेस र उन्मुक्तिले दिए उम्मेदवारी

दुर्गालाल केसी

दाङ — राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत एमाले, कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र उन्मुक्तिका राजेन्द्रबीर रायको उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धनका तर्फबाट दशौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले छुट्टै उम्मेदवारी दिएको छ । उम्मेदवारी दर्ता गराउन उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि घोराहीस्थित निर्वाचन कार्यालय पुगेकी थिइन् । सरकारलाई समर्थन गरे पनि सत्ता साझेदार गठबन्धनमा नभएको उनले बताइन् । न्यायको मुद्दा सुनुवाइ नहुँदासम्म गठबन्धनभित्र रहन नसक्ने उनले बताइन् ।

दशौंदीको उम्मेदवारी दर्ताका लागि एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलगायत नेता निर्वाचन कार्यालय पुगेका थिए ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

माघ १२ गते १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने र माघ १३ गते १० बजेदेखि १४ गते ३ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी ४ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताए ।

माघ १५ गते १० देखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ गते १० देखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । माघ २५ गते १० देखि ३ बजेसम्म घोराहीमा मतदान गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ११, २०७९ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभा उपनिर्वाचन :  एमालेका दशौंदी र कांग्रेसका आचार्यले उम्मेदवारी दिँदै

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि बुधबार मनोनयन दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको कार्यालय घोराहीमा मनोनयन दर्ताका लागि प्रदेशका विभिन्न राजनीतिक दलका नेता घोराहीमा जुटेका छन् ।


बुधबार १० देखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता र ३ देखि ४ बजेसम्म उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताएका छन् । उम्मेदवार दर्ताका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी र कांग्रेसबाट माधवप्रसाद आचार्यको नाम टुंगो लागेको छ । दशौंदी एमाले केन्द्रीय सदस्य हुन् भने आचार्य कांग्रेस रोल्पाका पूर्व सभापति हुन् ।

माघ १२ गते १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने र माघ १३ गते १० बजेदेखि १४ गते ३ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी ४ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

माघ १५ गते १० देखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ गते १० देखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । माघ २५ गते १० देखि ३ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य छोडेका थिए । उनले रुपन्देही–५ बाट उम्मेदवारी दर्ता गरेका थिए तर उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्व प्रमुख वासुदेव घिमिरेको उम्मेद्वारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।

प्रकाशित : माघ ११, २०७९ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×