कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो

बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह

गोरखा — चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र ताल क्षेत्रमा हिउँपहिरो खसेको छ । वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल पनि बगाएको वडा सदस्य धेजेन लामाले जानकारी दिइन् ।

वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो

‘लामो समय सम्म जमेर बसेको आइस तालमा खसेपछि बहाब बढेको छ, एउटा पुल पनि बगायो,’ उनले भनिन्,‘सानो–सानो पहिरो त पहिले पनि खसिरहन्थ्यो, आज अल्ली ठूलै पहिरो खसेको छ ।’

मौसम परिवर्तन पछि जमेको ‘आइस’ खसेको उनले बताइन् । पहिरो पछि तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको उनले बताइन् । वीरेन्द्र तालबाट बग्ने पानी साविकको भन्दा बढेको छ ।

सामागाउँ प्रहरी चौकिबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा जाँदै छ । पुल बगाएपछि बाटो अवरुद्ध भएको खबर आएको प्रहरीले जनाएको छ । अहिले मनास्लु क्षेत्र भम्रणको सिजन पनि हो ।

प्रकाशित : वैशाख ९, २०८१ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?