१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता

सम्झना रसाइली

तनहुँ — देवघाट गाउँपालिका–५ स्थित त्रिशुली नदी र कालीगण्डकी नदीको संगमस्थल बेनी संगममा सोमबार दिउँसो नुहाउने क्रममा एक पुरुष बेपत्ता भएका छन् । नाम, थर, वतन नखेलेका वृद्ध पुरुष नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पहेँलो कुर्था, पहेँलो कछाँड, पहेलो आस्कोट, सेतो चप्पल र लठ्ठी नदी किनारमा राखी नुहाउने क्रममा अचानक सोही नदीमा डुबी बेपत्ता भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

बेपत्ता पुरुषको खोजतलास भइरहेको र हालसम्म फेला नपरेको उनले बताए ।

प्रकाशित : फाल्गुन २८, २०८० २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?