कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा थप दुई जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौँ — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा आइतबार थप दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । तनहुँ व्यासका २५ वर्षीया पुनम थापा मगरको आइतबार पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई ४९ वर्षीय बुवा राजु थापामगरले मिर्गौला दान गरे । 

पोखरामा थप दुई जनाको मिर्गौला प्रत्यारोपण

यस्तै पर्वत मोदी-४ का २७ वर्षीय गमबहादुर मगरको पनि आइतबार नै मिर्गौला प्रत्यारोपण गरिएको हो । मगरलाई उनका ५२ वर्षीय बुवा हेमन्त पुनले मिर्गौला दान गरेका थिए । प्रत्यारोपण गरिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा हालसम्म पोखरामा आठ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । मिर्गौला प्रत्यारोपणमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट कार्यकारी निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठ, डा दिपेश श्रेष्ठ, डा हरिप्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा.अनुप चापागाई, एनेस्थेसियोलोजिष्ट डा रोहीनी सिग्देल, डा. माया लामा र नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत केसी, ओटी इन्चार्ज कविता पौडेल सहितको टोली संलग्न रहेका थिए ।

मिर्गौला प्रत्यारोपणलाई देशव्यापी बनाउने सरकारको अभियानअन्तर्गत पोखरामा मिर्गौला प्रत्यारोपण तीव्र बनेको छ । यस्तै प्रादेशिक अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवाको सुरुआत भइसकेको छ । क्रमशः सेती प्रादेशिक अस्पताल, धनगढी, वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशका सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भइरहेको डा श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ २१, २०८० २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?