२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

वाग्मती प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत

सुवास विडारी

मकवानपुर — आगामी आव २०८१/०८२ को बजेट ल्याउने तयारीमा रहेको वाग्मती प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ ।

वाग्मती प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत

शुक्रबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पहिलो आवधिक योजनाको समिक्षा गर्दै आव ०८१–०८२ देखि ०८५–०८६ स्वीकृतसम्मका नयाँ आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको हो । प्रदेश नीति तथा योजना आयोगले तयार पारेको आवधिक योजना स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्को वैठकले प्रदेश स्वास्थ्य नीति २०८१ स्वीकृत गर्ने, मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठका अनुसार बैठकले आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन स्वीकृत गर्ने निर्णय छ

प्रकाशित : जेष्ठ ३२, २०८१ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x