२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

१०४ केजी गाँजा बरामद

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रबाट प्रहरीले एक सय किलो लागूऔषध गाँजा बरामद गरेको  छ । शुक्रबार थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीले ना.२० प १८६७ र प्रदेश ३–०२–०१२ प १५९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

मोटरसाइकलमा सवार व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x