१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 

दोलखा — कालिञ्चोक गाउँपालिका-२ बाबरेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 

दुर्घटनामा ४ जना घाइते भएका छन् । बाबरेबाट विगु गाउँपालिकाको सोरुङ जाँदै गरेको लु ३ त १७१४ नम्बरको ट्याक्टर भूमिखोलानजिकै शुक्रबार बिहान दुर्घटनामा परी सोही स्थानकी ३६ वर्षीया शान्तिमाया थामीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरी थप उपचारका लागि चरिकोट ल्याइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र २३, २०८० १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?