१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

वाग्मतीमा एमालेबाट चारजना मन्त्रीले लिए शपथ

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारमा एमालेका ४ जना सांसदले मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । 

वाग्मतीमा एमालेबाट चारजना मन्त्रीले लिए शपथ

मुख्यमन्क्री शालिकराम जम्कट्टेलले ४ जना मंगलबार नै मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका अनुसार एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त भएका हुन् । गत २०७९ पुस २५ मा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिएको हो भने एक जना पहिलोपटक मन्त्री बनेका हुन् ।

मंगलबार विहान हेटौंडामा बसेको एमाले संसदीय दलको वैठकले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिचाँईं मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने गरी सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

एमालेबाट चारजनाले सपथ लिएसँगै प्रदेशमा १२ मन्त्रालयमा एक विभागीयसहित १३ मन्क्री नियुक्त भएका छन् । मंगलबार विहानमात्र एकीकृत समाजवादीबाट एक मन्त्रीले सपथ ग्रहण गरेका थिए । उनलाई मुख्यमन्त्री जम्कट्टेलले विना विभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए ।

एमालेबाट चैत १७ मा संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्क्री नियुक्त भएका थिए भने चैत १५ मा हाम्रो नेपाली पार्टीबाट संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका थिए ।

प्रकाशित : चैत्र २०, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?