१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

सालिन पोखरेल मृत्यु प्रकरण : पक्राउ परेका शिक्षकलाई धरौटीमा छाड्न आदेश

चितवन — रत्ननगरको एकता शिशु निकेत बोर्डिङ स्कुलको छात्राबासमा मृत भेटिएकी छात्रा सालिन पोखरेलको विषयमा चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएपछि अदालतले पक्राउ परेका तीन जना शिक्षकलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

सालिन पोखरेल मृत्यु प्रकरण : पक्राउ परेका शिक्षकलाई धरौटीमा छाड्न आदेश

चितवन प्रहरीले विद्यालयका प्रधानअध्यापक बालहरि देवकोटा, सहायक प्रधानअध्यापक कमल शर्मा पौडेल र होस्टेल इन्चार्ज रहेका अर्का शिक्षक किरणबहादुर अधिकारीलाई फागुन १५ मा नियन्त्रणमा लिएको थियो ।

चितवन जिल्ला अदालतमा मंगलबार भएको थुनछेक आदेशमा पौडेल र अधिकारीलाई पाँच पाँच लाख रुपैयाँ धरौटी र प्रधानाध्यापक देवकोटलाई तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न न्यायाधीश रमेशप्रसाद ज्ञवालीले आदेश गरेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । फागुन १२ गते विद्यायलयको छात्रावासको कोठामा सालिनको शव पंखामा झुन्डिएको अवस्थामा भेटिएको थियो । सालिनका अभिभावकले मृत्यु स्वाभाविक नभएको र बलात्कारपछि हत्या भएको भन्दै चितवन प्रहरीमा किटानी जाहेरी दिएका थिए् ।

सालिनको पोस्टमार्टम पनि चितवनमा नभएर काठमाडौं महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा भएको थियो । चितवन प्रहरीलाई प्राप्त भएको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर मृत्यु भएको र बलात्कारको पनि संकेत नभएको उल्लेख थियो । त्यसै गरी अन्य परीक्षणहरू र अनुसन्धान प्रतिवेदनका आधारमा आत्महत्या दुरुत्साहनमा आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

प्रकाशित : चैत्र ६, २०८० १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?