२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

शौचालयमा प्रयोग गर्ने पानीमा डुबेर बालिकाको मृत्यु

राजकुमार कार्की

सिन्धुली — शौचालयमा प्रयोग गर्न संचित गरिएको पानीमा डुबेर सिन्धुलीको तीनपाटन गाउँपालिका-८ मा आइतबार अढाइ वर्षीया बालिकाको मृत्यु भएको छ  ।

महाभिरडाँडाका टंकबहादुर मगरकी छोरी अढाइ वर्षकी अनिशाको घर पछाडि प्लाष्टिकको ड्रममा शौचालयमा प्रयोग गर्न राखेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता डिएसपी चिरन्जिवी दाहालका अनुसार प्लाष्टिकको ड्रममा डुबेको अवस्थामा फेला परेकी बालिकालाई उपचारको लागि लाम्पान्टार स्वास्थ्य चौकी लगेकोमा चिकित्सकले मृत घोषण गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रकाशित : फाल्गुन १३, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?