१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

दोलखामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

केदार सिवाकोटी

दोलखा — दोलखाको भीमेश्वर नगरपालिका-७ साखिने नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  काठमाडौंबाट घर चरिकोट आउँदै गरेको प्रदेश-२ ४४ प ६८८३ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो  दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका-५ सुरीका रामकुमार खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खड्काले आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दोलखा सामुदायिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रकाशित : कार्तिक १४, २०८० १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?