कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोरी अभियोगमा धुलिखेलका एक युवक पक्राउ 

ज्योती श्रेष्ठ

काभ्रे — जिल्लाको बनेपा नगरपालिका-६ मा रहेको होटलमा भएको डाँका तथा चोरीमा संलग्न धुलिखेलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-३ का २२ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

चोरी अभियोगमा धुलिखेलका एक युवक पक्राउ 

कार्यालयका अनुसार, बनेपा नगरपालिका-६ का हरिचन्द्र पोखरेलले संचालन गरेको हाई भ्यु रिसोर्ट होटलमा यही जेठ १ गते कोही नभएको अवस्थामा रिसोर्टबाट यूएसए, युरो र भियतनामलगायत देशका मुद्रा ५ हजार, भारतीय रुपैयाँ २० हजार, नेपाली नगद ५० हजार, विभिन्न आकारका बुद्धमूर्तिहरु, कम्युटर २ थान, आई प्याड २ थानलगायत सामान चोरी भएको थियो ।

होटल संचालक पोखरेलले ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा दिएको निवदेनको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले तामाङलाई मंगलबार राति ११ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, प्रारम्भिक सोधपुछको क्रममा अमृतले भने, ‘मलगायत २ जना मानिसहरु भई चोरी गरिएको र उक्त चोरी गरेको सामानहरु काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०६ स्थित जंगलमा लुकाइछिपाई राखेका छौं ।’

अमृतले दिएको विवरणको आधारमा जंगलबाट पाल्देन लामाको मूर्ति २ थान, गुरु रिम्पोछेको मूर्ति ३ थान, हरियो तारा भएको मूर्ति १ थान, मेडिसिन बुद्ध मूर्ति १ थान, सेतो ताराको मूर्ति थान १ थान, सरस्वतीको मूर्ति १ थान, लोकेश्वरको मूर्ति १ थान, लाफिङ्ग बुद्धको मूर्ति १ थान, तामाको माला तथा सामानहरु राख्ने सानो बाकस थान १, लगायत सामान बरामद गरिएको छ । पक्राउ अभियुक्तलाई आजै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ को म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०८० १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?