कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वाग्मती सरकारबाट एमाले बाहिरियो, आजै राजीनामा दिने

सुवास विडारी

मकवानपुर — नेकपा एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका हुन् ।

वाग्मती सरकारबाट एमाले बाहिरियो, आजै राजीनामा दिने

एमालेका मन्त्रीहरुले शुक्रबार नै प्रदेशसभा बैठकपछि मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने सदनबाटै जानकारी गराएका छन् । जम्कट्टेलले शुक्रबार नै सदनबाट विश्वासको मत लिँदैछन् ।

प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छि विकासमन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

संघ सरकारमा नयाँ गठबन्धनपछि समीकरण फेरिएसँगै प्रदेश सरकारमा पनि त्यसको असर देखिएको छ ।

प्रकाशित : चैत्र १०, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?