१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

सिरहामा किशोरी बलात्कार आरोपी पक्राउ 

अबधेशकुमार झा

राजविराज — सिरहाको लहानमा एक १५ वार्षिय किशोरीको बलात्कारको अभियोगमा सुखीपुर-२ का  निकेशकुमार यादव पक्राउ परेका छन् । लहान-१ मा भाडामा लिएको घरमा निकेशले ललाइफकाइ ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सिरहामा किशोरी बलात्कार आरोपी पक्राउ 

बलात्कृत किशोरी घर पुगेपछि परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन् । किशोरीको स्वास्थ अवस्था बिग्रेपछि उनलाई लहानस्थित अस्पतालमा भर्ना गरिएको थियो । लहानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागी नोबेल अस्पताल बिराटनगर पठाइएको सिरहाका डिएसपी रबिन्द्रराज पाण्डेले बताए । आरोपी निकेशलाई बुधबार राती प्रहरीले घर बाटै नियन्त्रणमा लिएको छ ।

प्रकाशित : फाल्गुन ३, २०८० १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?