१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

आममाफीबारे हाम्रो पार्टिसँग छलफल नै भएन : श्रेष्ठ

अवधेश झा

राजविराज — जनता समाजवादी पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारको गठबन्धनमा जसपा रहे पनि हरेक निर्णयमा सहभागिता नहुने गरेको बताएका छन् ।

आममाफीबारे हाम्रो पार्टिसँग छलफल नै भएन : श्रेष्ठ

प्रेस मञ्च नेपाल सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष श्रेष्ठले सरकारको निर्णयमा राष्ट्रपतिले गम्भीर अपराधका दोषीको सजाय माफ गर्ने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको बताए ।

'यो गर्नुहुन्न थियो,' गुन्डा नाइकेलाई आममाफीका सन्दर्भमा श्रेष्ठले भने, 'अब अदालतले यो विषय हेरिरहेको छ त्यहीबाट निरूपण हुन्छ ।'

भ्रष्टाचार छानबिनमा जसपा सहयोगी रहेको चर्चा गर्द श्रेष्ठले भ्रष्टाचार नगरेको भए कोही डराउनु नपने बताए । अख्तियारले आइतबार जसपा नेता तथा मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमार यादवमाथि भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

धर्मको नाममा द्वन्द्व नहोस् भन्ने उद्देश्यका साथ नै देशमा धर्म निरपेक्षता कायम भएको बताउँदै श्रेष्ठले प्रतिगामी तत्त्वहरुले चलखेल गरी धार्मिक द्वन्द्व सृजना गरिरहेको आरोप लगाए ।

प्रकाशित : आश्विन २२, २०८० ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?