२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

राजविराजमा हुलाकी राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालियो

अवधेश झा

राजविराज — हुलाकी राजमार्गको सडक अतिक्रमण गरी बनाइएका संरचनाहरू राजविराज नगरपालिकाले हटाउन सुरु गरेको छ ।राजविराज वडा नम्बर ६ र ७ मा पर्ने सिरहा रोडमा हुलाकी राजमार्गको सडकलाई अतिक्रमण गरी बनाइएका निजी घर लगायतका संरचनाहरु आइतबार बिहानदेखि डोजर लगाएर नगरपालिकाले हटाउन सुरू गरेको हो ।

राजविराजमा हुलाकी राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालियो

अतिक्रमित संरचना नहटाइँदा उक्त खण्डमा हुलाकी मार्ग निर्माण हुन सकिरहेको थिएन । अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना गरिए पनि नहटाइएपछि डोजर लगाएर भत्काउनु परेको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविणले जानकारी दिइन् ।

बिहानैदेखि नेपाल र सशस्त्र प्रहरीको सुरक्षामा कार्यवाहक नगर प्रमुख परविणको नेतृत्वमा जनप्रतिनिधिहरु , नगरपालिकाका कर्मचारीहरु र सफाइकर्मीहरु अतिक्रमण हटाउने कार्यमा जुटेका छन् ।

यसअघि नगरपालिकाले राजविराजको हटियामा रहेको अतिक्रमण पनि डोजर लगाएर हटाएको थियो ।

प्रकाशित : श्रावण २१, २०८० १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?