कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा एक जना मृत फेला

अवधेशकुमार झा

राजविराज — सप्तरीको भारदह क्षेत्रमा सोमबार बिहान घाँटी रेटी हत्या गरिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

सप्तरीमा एक जना मृत फेला

हनुमाननगर कंकालिनी नगरपालिका–४ स्थित टेलरिङ फयाक्ट्रीको पछाडि अन्दाजी ५० वर्षीय पुरुषको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले जानकारी दिएका छन् । शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरु समेत भेटिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले एक जना पुरुषको हत्या भएको पुष्टि गर्दै घटनास्थलतर्फ प्रहरीको अनुसन्धान टोली गइरहेको बताए । उनले अनुसन्धानपछि मात्र थप कुरा थाहा हुने बताए ।


प्रकाशित : जेष्ठ ८, २०८० ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?