२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

साल्पा-सिलिचुङमा सुम्निमा-पारुहाङ र नक्छुको प्रतिमा 

डम्बरसिं राई

खोटाङ — धार्मिक तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पुर्खा ‘सुम्निमा–पारुहाङ’को र साल्पा पोखरीमा नक्छु/नछुङ (धामी)को प्रतिमा राखिएको छ । खोटाङ, भोजपुर, सफ्वुासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित साल्पा–सिचिलुङको पर्यटन प्रबर्द्धनका लागि ‘सुम्निमा–पारुहाङ’ र नछुङको प्रतिमा राखिएको हो ।

साल्पा-सिलिचुङमा सुम्निमा-पारुहाङ र नक्छुको प्रतिमा 

देश–विदेशमा रहेकाहरूबाट सङ्कलन गरिएको रकमबाट सुम्निमा–पारुहाङ र नछुङको प्रतिमा निर्माण गरी राखिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।

बैशाख ६ र ७ गते भएको मुन्दुमविद्, धामी–झाँक्री सहित निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले अनावरण गरेका हुन् । यसबाहेक वाबु (चिण्डो) आकारको मुन्दुमी गेट, माङखिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका संरचनाहरु समेत निर्माण गरिनेछ ।

चार हजार एक सय ५५ मिटर उचारमा रहेका सिचिलुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्गा, कुम्भकर्ण, मेरापिक हिमाल लगायत हिमश्रृङ्खला, तराईका फााट तथा विभिन्न नदीहरू देख्न सकिन्छ । सिलिचुङ आसपास रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायतका डााडामध्ये अग्लो डााडा हो । सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्ने चलन छ ।

साल्पापोखरीमा बैशाख, भदौ, कातिक र फागुन महिनाको पूर्णीमामा मेला लाग्छ । यहाा खोटाङ, भोजपुर, सफ्वुासभा, धनकुटा, सोलुखुम्बूलगायत विभिन्न जिल्लाबाट तीर्थालु पुग्ने गरेका छन् । साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरु बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरुले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास रहिआएको छ ।

कचौरा आकारमा फैलिएको साल्पापोखरी समुन्द्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ । पहिलोपटक सगरमाथा चढ्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरी कै मार्ग प्रयोग गरेका थिए । नेपालको सय गन्तव्यमध्ये पर्ने मुन्दुम पदमार्ग अन्तरगत पर्दछ । यसक्षेत्रमा होमस्टे, गोठस्टे लगायत पनि विस्तार हुन थालेका छन् । यसक्षेत्रमा ठूला–ठूला घाासेमैदान, चौरीखर्क, भोडीचोक, घोडचढी लगायतका लोभलाग्दो दृष्य अवलोकन गर्न पाइन्छ ।

यसका साथै साल्पासिलिचुङसम्वन्धी मिथकहरूको खोज अनुसन्धान गरी त्यसको संरक्षण गरिने अध्ययन तथा अनुसन्धान उपसमितिका सदस्य भद्रगोल किरातीले बताए । साल्पा–सिलिचुङको चौतर्फी विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, भोगिराज चाम्लिङ, तारामणि राई, शालिक शतासक राई, कमलजङ्ग राई, चन्द्र हतुवाली, भद्रगोल किराती लगायतको उपसमिति निर्माण गरी मिथकहरू खोज–अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित : वैशाख ९, २०८१ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?