कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ

डम्बरसिं राई

खोटाङ — छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ परेका छन् । नयाँ वर्षको दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको निभारेका धनजीत राईको छुरा प्रयोग गरी हत्यामा संलग्न स्थानीय २२ वर्षीय विकाश राई, २० वर्षीय आशन राई र २८ वर्षीय गणेश राई सोमबार पक्राउ परेका हुन् ।

छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ

प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काको कमाण्डमा खटिएको टोलीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको भुसुण्डाका धनपति राईको घरमा लुकिछिपी बसिरहेको अवस्थामा सोमबार बिहान साढे आठ बजेतिर पक्राउ परेका हुन् । उनीहरूलाई कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता तथा प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

प्रकाशित : वैशाख ३, २०८१ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?