कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

धनकुटाको ओरेन्ज सिटीमा नयाँ वर्षमा महोत्सव हुने

धनकुटा — धनकुटाको कोप्चेस्थित प्रसिद्ध ओरेन्ज सिटीमा नयाँ वर्ष २०८१ को अवसर पारेर दोस्रो कोप्चे फेस्टिवल हुने भएको छ । ‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ धनकुटा नगरपालिका-५ स्थित ऐतिहासिक बिहीबारे हाटस्थलमा बैशाख १ देखि तीन दिनसम्म महोत्सव आयोजना हुने छ ।

धनकुटाको ओरेन्ज सिटीमा नयाँ वर्षमा महोत्सव हुने

यहाँ बसोबास रहेका नेवार, आठपहरिया लगायत जातिको कला, संस्कृति, भेषभुषा, रहनसहन र परिकारहरु महोत्सवका विशेष आकर्षणहरु रहेको मुल आयोजक समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए ।

सामाजिक विकासका लागि युवाहरुको प्रयास (यस्ड) को संयोजनमा महोत्सव आयोजना हुन लागेको हो । मुख्य उद्देश्य कोप्चे पुनर्जागरण अभियानको बारेमा जानकारी प्रदान गर्न, पर्यटन विकास मार्फत आर्थिक सामाजिक विकास र जीवनस्तर उकास्न, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक मौलिकताको संरक्षण र बाह्य पर्यटन केन्द्रको रुपमा विकास गर्नु रहेको श्रेष्ठले बताए ।

महोत्सवमा २० स्टल रहने छन् । स्टलमा जातिय मौलिक परिकार समावेश गरिने जनाइएको छ । यस्तै, स्थानीय उत्पादन तथा हस्तकलाका सामग्री रहेने ६ वटा स्टल निःशुल्क रुपमा उपलब्ध गराइने भएको छ । संस्कृति संरक्षण र पर्यटन विकासका लागि अन्तर्क्रिया, सन्देशमुलक चलचित्र प्रदर्शनी, पुराना तस्बिर तथा मनोरञ्जनात्मक खेल समेत समावेश गरिने जनाइएको छ ।

महोत्सवमा २० हजार पर्यटकले सहभागिता जनाउने आयोजकको अनुमान छ । महोत्सवका लागि १० लाख ५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको महोत्सव आयोजक संस्था यस्डका अध्यक्ष रिजन पोखरेलले बताए ।

महोत्सव आयोजना हुने ओरेन्ज सिटीका डेढ सय बढी घरहरु एकै रङ अर्थात् सुन्तले रंगमा सजिएका छन् । उक्त स्थलमा पछिल्लो समय पर्यटक आकर्षण बढ्दो छ ।

प्रकाशित : चैत्र २८, २०८० १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?