कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

पोखरीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई १५ लाख दरले क्षतिपूर्ति

धनकुटा — धनकुटा नगरपालिका–१० मार्गामा शनिवार दिउँसो भएको पोखरीमा डुबेर मृत्यु भएका दुई बालकका परिवारलाई १५ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराइने सहमति भएको छ । 

स्थानीय विजय पोल्टी फर्मको फोहोर वस्तुसहित पानी जम्ने पोखरीमा डुबेर धनकुटा–१० का ११ वर्षीय मनिष खतिवडा र वडा–९ का १५ वर्षीय दिपेश ओझाको मृत्यु भएको थियो ।

फर्मले लापरवाहीपूर्वक पोखरी बनाएका कारण घटना भएको जनाउँदै स्थानीयले विरोध गरेका थिए । मृतक बालकद्वयका अभिभावक, फर्मका संचालकसहित जनप्रतिनिधि, प्रशासनलगायतको उपस्थितिमा बालकका परिवारलाई १५–१५ लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउन सहमति भएको धनकुटा–९ का वडाध्यक्ष टंक रोइलाले बताए ।

उक्त रकम आगामी बैशाख पहिलो साताभित्र उपलब्ध गराउने लिखित सहमति भएको छ । यस्तै, मृतकहरुको दाहसंस्कारलगायतका सम्पूर्ण खर्च समेत फर्मले उपलब्ध गराउने भएको छ ।

पोल्टी फर्मको फोहोर पानी मिसिएको दलदल पोखरीमा डुबेर बालकहरुको मृत्यु भएको प्रहरीको भनाई छ । दुवै बालकको शव पोखरीमा स्थानीयले फेला पारेका थिए । मृतकका आफन्तजन र स्थानीयले आइतबार जिल्ला प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा पुगेर घटनाबारे छानबिनको माग गरेका थिए ।

घटनाबारे अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले बताए । पोल्टी फर्मका मैनेजर मुनिश सानीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : चैत्र २६, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?