कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

विश्व शान्तिको कामना गर्दै खाँदबारीमा पूजा 

संखुवासभा — विश्व शान्तिको कामना गर्दै हिमाली जिल्ला संखुवासभा खाँदबारीमा दुई दिने विश्वशान्ति तथा आयुसाधना आराधना पूजा शुक्रबारबाट सुरु भएको छ । संखुवासभाका बौद्ध धर्मालम्बीका ७ वटा संस्थाको संयुक्त आयोजनामा पूजाको आयोजना गरिएको हो ।

विश्व शान्तिको कामना गर्दै खाँदबारीमा पूजा 

विश्वमा भइरहेको हिंसात्मक गतिविधिहरुको अन्त्य गर्न र आममानिसहरु शारीरिक तथा मानसिक रुपमा समेत स्वस्थ रहन विश्व शान्तिको कामना गर्दै पूजा आयोजना गरिएको पूजा आयोजक समितिका संयोजक नारायण श्रेष्ठले बताए ।

पूजामा रिन्छेन रिन्पोछे गुरु सहित लुम्बिनीबाट ६ जना मुख्य लामागुरुको उपस्थिती छ । पुजा सुरु हुन अघि लामा गुरुहरुलाई बाजागााजा सहित खाादबारीको नयााबजार हुादै नगरको बिभिन्न भाग परिक्रमा गराइएको थियो । हिमाली जिल्ला डोल्पामा पुनर्जन्म भएका डोल्पोबुद्ध परम पावन लामा रानाग रिन्छेन रिन्पोछेबाट धर्म–देसना स्वरूप चावासुम (लामा–यिदाम–खाण्डोमा अर्थात लामा, इष्टदेव तथा डाकिनी) त्रित्नमूल गुरूहरूको संयुक्त रुप अतियोग महा–रत्न गणचक्रका पवित्र दुई दिवसीय विस्तृत पुजाको आयोजना गरिएको हो ।

प्रकाशित : चैत्र २३, २०८० २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?