कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

खाँदबारीमा संरक्षित क्षेत्र प्रमुखहरुको सम्मेलन  

संखुवासभा — संरक्षित क्षेत्रका प्रमुखहरुको ३ दिने सम्मेलन सोमबारबाट संखुवासभाको खाँदबारीमा सुरु भएको छ । सम्मेलनमा १२ वटा राष्ट्रिय निकुञ्जका वार्डेन, सिकार आरक्षका १ र वन्यजन्तु आरक्षका १ जना वार्डेन सहभागी छन् । त्यस्तै ६ वटा संरक्षण क्षेत्रका अधिकृत र २ जना प्राणी उद्यानका अधिकृत पनि सहभागी छन् । 

खाँदबारीमा संरक्षित क्षेत्र प्रमुखहरुको सम्मेलन  

सम्मेलनमा १३ जना मध्यवर्ती उपभोक्ता क्षेत्रका अध्यक्ष सामेल छन् । सम्मेलनको वन राज्यमन्त्री दीपक कार्कीले उद्घाटन गरे । खुला सिमानका कारण चोरीसिकारी बढेकाले नियन्त्रण गर्न नसकिएको बताए । प्राकृतिक रुपमा भरिपूर्ण संरक्षण क्षेत्र रहे पनि लाभ भने उठाउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

संरक्षित क्षेत्रलाई आत्मनिर्भर बनाउन संरक्षित क्षेत्रमा उपलव्ध कोषहरु रचनात्मक रुपमा कसरी परिचालन गर्ने, नयाँ लगानी कसरी र कुन क्षेत्रमा भित्र्याउने विषयमा सम्मेलनमा छलफल हुने छ । त्यस्तै, संरक्षण सँगै उपलव्ध स्रोतसाधनको प्रयोग कसरी गर्ने र संरक्षणमा योगदान पुर्‍याउने स्थानीयलाई कसरी लाभ दिन सकिन्छ भन्ने विषयमा पनि छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विकास विभागका उपमहानिर्देशक वेदकुमार ढकालले बताए ।

सम्मेलनले सरोकारवालालाई अभिप्रेरित गर्ने र हाल नेपालका संरक्षण क्षेत्र प्रणाली अन्तर्गत स्थानीय स्तरमा देखिएका र देखा पर्न सक्ने सवाल, समस्या र चुनौतिका विषयमा निष्कर्ष निकाल्ने छ । निकुञ्ज आरक्षमा खटिएका सेनाका गणपति, गुल्मपति सहित सम्मेलनमा १ सय ५० जना सहभागि छन् । सम्मेलन चैत २१ गते सम्पन्न हुने छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विकास विभागले सम्मेलन आयोजना गरेको हो ।

प्रकाशित : चैत्र १९, २०८० २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?