कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

म्याद नसकिँदै निर्माण गरिसक्ने कम्पनीलाई २३ लाख बोनस

संखुवासभा — ठेक्का सम्झौता अघि नै निर्माणको काम सक्ने अरुण बरुण निर्माण सेवा कम्पनीले २३ लाख रुपैयाँ बोनस पाएको छ । 

सो कम्पनीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण सम्झौता भन्दा अघि नै सम्पन्न गरेपछि सो बोनसमा २३ लाख रुपैयाँ प्राप्त गरेको हो । कम्पनीका प्रवन्ध निर्देशक मिगुर शेर्पाले छिटो निर्माण सम्पन्न गरेबापत् २३ लाख रुपैयाँ बोनस पाएको बताए ।

भवनको काम २०७९ बैशाख १६ मा सम्झौता गरेर २०८१ बैशाख १६ मा सम्पन्न हुनु पर्ने थियो । निर्माण कम्पनीले सम्झौता भन्दा ५ महिना २८ दिन अघि नै सम्पन्न गरेर हस्तान्तरण गरेको थियो । ३ करोड ९९ लाखमा ठेक्का आहृवान गरेको भवन निर्माणको काम अरुण बरुण निर्माण सेवा कम्पनीले २ करोड ९५ लाखमा नै निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।

म्याद भन्दा अघिनै निर्माण कार्य सम्पन्न गरेबापत् निर्माण व्यवसायीलाई सम्झौता भन्दा बढी २३ लाख रुपैयाँ बोनसस्वरुप दिइएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेल जानकारी दिए ।

सो भवनको सोमबार एक कार्यक्रमकाबीच कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले नवर्निमित भवन उद्घाटन गरे ।

म्याद अगाबै भवन निर्माण सम्पन्न गरेकोमा उनले निर्माण व्यवसायीलाई धन्यवाद दिए । उनले निर्माण कम्पनीका प्रवन्ध निर्देशक मुगुर शेर्पालाई सम्मानपत्र समेत हस्तान्तरण गरे ।

६ महिना अघिदेखि नयाँ भवनमा काम सुरु भएपनि उद्घाटन भने सोमबार गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संखुवासभा र भोजपुरमा सेवा प्रवाह गर्ने गरेको छ ।

प्रकाशित : चैत्र ५, २०८० १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?