कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६
अपडेट

धनकुटा महोत्सवस्थलमा घाइते भएकामध्ये १७ जनालाई धरान लगियो

धनकुटा — धनकुटा महोत्सवस्थलमा ठेलमठेल हुँदा सख्त घाइते भएकामध्ये १७ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्य तीन जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

धनकुटा महोत्सवस्थलमा घाइते भएकामध्ये १७ जनालाई धरान लगियो

'धनकुटा घटनामा घाइतेको संख्या २० मध्ये १७ जना जना गम्भीर छन् । उनीहरुलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरान लगिएको छ,' प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले भने, 'तीन जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीरमध्ये बालबालिकाको संख्या पनि उल्लेख्य छ ।'

भीडमा परी अंशु सुवेदी, विसन तामाङ, उदीप राई, आर्यन राई, नन्दकुमार तामाङ, विनिता लिम्बु, प्रवेश राई, शान्ता योगी, सुनील लिम्बु, श्रेया कटवाल, प्रकट श्रेष्ठ, कुसुम श्रेष्ठ, प्रेम दाहाललगायत घाइते भएका छन् ।

महोत्सवस्थलमा अनियन्त्रित भीडका कारण शनिबार बेलुकी साढे ८ बजे ठेलमठेल हुँदा २० जना घाइते भएका हुन् । धनकुटा-५ तल्लो टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि घटना भएको प्रहरीले जनाएको छ ।


गत माघ ६ देखि आयोजित महोत्सवको नवौं दिन शनिबार साँझ गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति सुरु हुनु केही क्षणअघि घटना भएको हो । मुस्किलले ३ हजार क्षमता रहेको स्थानमा दोब्बर दर्शकको भीड रहेको थियो ।

दुई तर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । अत्यधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा ठेलमठेल हुँदा घाइते भएको जनाइएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।

प्रकाशित : माघ १४, २०७९ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?