१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

दाउन्ने सडक खण्डको यात्रा सधैं पिरलो

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्गको दाउन्ने खण्डको १४ किलोमिटर क्षेत्रमा सडक घाम लाग्दा धुलाम्ये र पानी पर्दा हिलाम्य हुँदा यात्रा कष्टपूर्ण हुने गरेको छ । राजमार्ग भत्काएर नबनाउँदा त्यहाँ ३ फिटसम्म धुलो हुन्छ । महेन्द्रराजमार्ग हुँदै ओहोरादोहोर गर्ने सवारीसाधनलाई दाउन्ने खण्डको १४ किलोमिटर सडक पार गर्न ३ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।

राजमार्ग भत्काएर छोडेको र ग्राइभेल समेत नगरेका कारण यात्रा कष्टकर बनेको छ । त्यो खण्डमा ठेकेदार कम्पनीले पानी समेत नहालेका कारण धूलो उडेर दिउँसै राजमार्ग देखिन्न ।

महेन्द्रराजमार्ग अन्तरगतको बजार क्षेत्रमा ६ लेनको सडक र जंगल क्षेत्रमा ४ लेनको सडक निर्माण भइरहेको हो । दाउन्ने पहाडको १४ किलोमिटर क्षेत्रमा ३ लेनको सडक निर्माणको काम भइरहेको छ । दाउन्नेमा सामान्य वर्षाद हुँदा समेत राजमार्गको हिलोमा गाडी फसेर घण्टौ जाम हुने समस्या उस्तै छ ।


प्रकाशित : चैत्र १६, २०८० १५:२२
प्रतिक्रिया
पठाउनुहोस्